Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसएलआरको म्याग्जिन र गोलीसहित गोंगबुको गेस्टहाउसबाट दुईजना पक्राउ

एसएलआरको म्याग्जिन र गोलीसहित गोंगबुको गेस्टहाउसबाट दुईजना पक्राउ

शनिवार , जेठ ९, २०८३

काठमाडौं । काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र राजविराज–१३ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, काठमाडौँको टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेस्ट हाउसमा जाँच गर्ने क्रममा ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एउटा र मेटलको नक एएटा बरामद गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077