काठमाडौं । नेकपा एमालेकी सांसद विष्णुमाया विकले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बिनासर्त रिहा गर्नुपर्ने बताएकी छन् ।
सोमबार प्रतिनिधिमामा बोल्दै विकले यस्तो बताएकी हुन् । उनले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरिन् ।
उनले भनिन्,'हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेकखलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठुलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई बिनासर्त रिहा गरियोस् ।'