काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सदस्य समेत रहेका लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका हुन् ।
लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवाद समेत दिए । उनले संसदलाई सहमति र सहकार्यको दिशामा अगाडि बढाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
लामिछानेले भने- 'यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद ।'
शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।
आजको प्रतिनिधि सभा बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।