Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सर्वोच्चले यसअघि जारी गरेको कारण देखाउ आदेश अनुसार सरकार पक्षबाट लिखित जवाफ पेश भइसकेपछि अब मुद्दा बहसका लागि पेसीमा चढेको हो ।

सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरी टोलीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो ।

उक्त पक्राउलाई गैरकानूनी ठहर गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

चैत १६ गते छुट्टाछुट्टै इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

सरकार पक्षले लिखित जवाफ बुझाइसकेकाले अब दुवै पक्षका कानुनी प्रतिनिधिबीच संवैधानिक र कानुनी बहस हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077