काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट अभिव्यक्त जनमतलाई सम्मान गर्दै विजयी पक्षलाई औपचारिक बधाई दिएको छ ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै जनताको निर्णयलाई स्वागत गर्ने निष्कर्ष निकालेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
एमालेले भारी बहुमतसहित सरकार गठन गर्न सफल भएकोमा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको जनाएको छ।
त्यस्तै, निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेका सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी तथा नागरिक समाजप्रति एमालेले आभार व्यक्त गरेको छ ।