Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख चयनबारे कुनै पनि दलसँग छलफल भएको छैन: रवि लामिछाने

उपसभामुख चयनबारे कुनै पनि दलसँग छलफल भएको छैन: रवि लामिछाने

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुख चयनका लागि अहिले पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । 

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताएका हुन् । 

उनले भने- 'हामी अहिले उपसभामुखको छलफलमा प्रवेश गरेका छैनौँ । अहिले सभामुखको सकौँ, त्यसपछि उपसभामुखको छलफलको चरणमा जान्छौँ। छलफल नभएकाले कुन दलले पाउने सम्भावना छ भन्ने सम्भावनाको कुरै भएन।'

उनले संवैधानिक अभ्यास, व्यावहारिक कुरा र अभ्यासलाई हेरेर उपसभामुखबारे निर्णय लिने बताए।

लामिछानेले सभामुखको भूमिका निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए । उनले सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिङ्गो सदन र सबै सांसदहरूको साझा अभिभावक हुनुपर्ने बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077