काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक मतभेद सतहमा आएको छ ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा बैठकमा व्यक्त अभिव्यक्तिलाई लिएर संसदीय दलका नेता रामबहादुर थापाप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेको तर्फबाट दलको नेताको हैसियतमा बोल्दै थापाले धारणा राखेका थिए । तर, उक्त अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको भन्दै पौडेलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
'आजको प्रतिनिधिसभा बैठकमा दल नेताको हैसियतले व्यक्त विचार पार्टीका नीति र मान्यताविपरीत छन्,' पौडेलले फेसबुकमा लेखेका छन्।
उनले यस विषयलाई गम्भीर रूपमा लिँदै भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा विस्तृत छलफल हुने अपेक्षा पनि व्यक्त गरेका छन्।
'केन्द्रीय सचिवालयको बैठकमा यसबारे गम्भीर छलफल भई उचित निर्णय हुने अपेक्षा गरेको छु,' उनले उल्लेख गरेका छन्।