काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध चलिरहेको अनुसन्धान अझै लम्बिएको छ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले यसअघि दिएको पाँच दिनको म्याद सकिएपछि पुनः दुई दिन हिरासतमा राख्न आदेश दिएको हो।
म्याद थपका लागि अदालतमा दुवैलाई भौतिक रूपमा उपस्थित गराइएको थिएन। उनीहरूलाई भिडियो कलमार्फत न्यायाधीशसमक्ष उपस्थित गराई सोधपुछ गरिएको थियो ।
जेजनी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले चैत १४ गते दुवैलाई पक्राउ गरेको थियो।
पक्राउपछि स्वास्थ्य अवस्था कमजोर देखिएका ओली हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने रमेश लेखक प्रहरी हिरासतमा नै छन्।