Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली-लेखक पक्राउबारे रविको प्रतिक्रिया: न्याय पाउने पहिलो हक सहिदकी आमाको हो

ओली-लेखक पक्राउबारे रविको प्रतिक्रिया: न्याय पाउने पहिलो हक सहिदकी आमाको हो

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउबारे प्रतिक्रिया दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्ने क्रममा लामिछानेले ओली-लेखक पक्राउबारे प्रतिक्रिया दिँदै न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् ।

जेनजी शहिदहरूको स्मरण गर्दै लामिछानेले भने- 'न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइने छैन।'

उनले न्याय पाउने पहिलो अधिकार सहिदका परिवार, विशेषगरी आमाको भएको उल्लेख गर्दै यसलाई प्रतिशोधको रूपमा व्याख्या गर्न नमिल्ने बताए।

साथै लामिछानेले विपक्षी दलहरूलाई विधि र कानुनको पालना गर्न आग्रह गर्दै राजनीतिक पूर्वाग्रहभन्दा माथि उठ्नुपर्ने धारणा राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077