काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा प्रतिपक्षको आवाज कमजोर हुन नदिने बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सत्तारुढ दलका प्रतिनिधिका रूपमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेले सो कुरा बताएका हुन् ।
अघिल्लो संसदमा आफूहरू प्रतिशोध भोगेर आइपुगेको भन्दै उनले अब त्यस्तो अवस्था नआउने बताए।
'हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । हामीमाथि २४सै घण्टा निगरानी गरिदिनुहोला । विपक्षी दलको चुनावी प्रतिवद्धताको पनि स्वामित्व लिन,' उनले भने।
उनले विपक्षी दलहरुको समेत चुनावी प्रतिवद्धतालाई समेत स्वामित्व लिन तयार रहेको बताए ।
साथै आफूहरुलाई पूराना राजनीतिक दल र संसदका विपक्षी दलहरुलाई समेत मिलाएर बढ्ने भन्दै आफूहरुलाई २४सै घण्टा निगरानी गरिदिन समेत आग्रह गरेका छन् ।