काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठक पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको छ । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।