Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२० हजार घुससहित प्रहरीका सई राउत रंगेहात पक्राउ

२० हजार घुससहित प्रहरीका सई राउत रंगेहात पक्राउ

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । घुस लिँदै गरेको अवस्थामा प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक (सई) दिनेश राउत अख्तियारको फन्दामा परेका छन्।

३५ वर्षीय राउतलाई २० हजार रुपैयाँ घुससहित मंगलबार साँझ काठमाडौँको गहनापोखरीबाट रंगेहात पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट पक्राउ गरेको जनाएको छ।

आयोगका अनुसार राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

निर्धारित स्थानमा रकम लिँदै गर्दा आयोगको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो। पक्राउपछि राउतमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077