Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता

रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ। 

लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार लामिछाने र साहबीच भेटवार्ता भएको हो।

भेटका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका उनको सचिवालयले जनाएको छ।

'देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो,' सचिवालयले भनेको छ। 

भेटका क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेलाई औपचारिक रूपमा बधाई दिएका थिए।

 लामिछाने र राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरबीच आज बिहान भेटवार्ता भएको छ। 

यसअघि सभापति लामिछानेले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरसंग पनि उनको निजी निवास बुढानीलकण्ठ पुगेर भेटवार्ता गरेका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077