Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली–लेखक पक्राउ प्रकरण : बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

ओली–लेखक पक्राउ प्रकरण : बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ ।

गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार दायर रिटमा सोमबारका लागि पेसी तोकिएको हो ।

उक्त निवेदन ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट यशोदा लेखक ले दर्ता गराएकी हुन्।

भदौ २३ र २४ गते भएको तथाकथित ‘जेनजी आन्दोलन’ का क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जाँचबुझ आयोग ले उक्त घटनामा जिम्मेवार ठहर गर्दै दुवै नेताविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो।

सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार दुवैलाई नियन्त्रणमा लिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077