एजेन्सी । मध्यपूर्वमा चलिरहेको युद्धमा यमनको विद्रोही समूह हुथी पनि समावेश भएको छ ।
हुथी विद्रोही समूहले हिजो मात्रै दक्षिणी इजरायलका विभिन्न क्षेत्रलाई लक्षित गर्दै दोस्रो पटक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
हुथीका सैन्य प्रवक्ता याह्या सरेले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा धेरै महत्त्वपूर्ण सैन्य स्थलहरूलाई लक्षित गरी क्रुज मिसाइल र ड्रोन आक्रमण गरिएको उल्लेख गरेका छन् ।
आक्रमण इरान र लेबनानका सैन्य गतिविधिसँग मिलेर गरिएको र यसले आफ्नो उद्देश्य सफलतापूर्वक हासिल गरेको दाबी गरिएको छ ।
सन् १९९४ मा यमनमा स्थापना भएको कट्टरपन्थी सिया इस्लामिक संगठन हुथीलाई प्रशिक्षण, हतियार तथा आर्थिक सहयोग उपलब्ध गराएको आरोप इरानमाथि लाग्दै आएको छ ।