काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।
शनिबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको हो।
बैठकमा अध्यक्ष बस्ने कुर्सी खाली राखिएको छ। नेताहरूले जनाएअनुसार, ओलीको गिरफ्तारीसँग सम्बन्धित निर्णयहरू बैठकमार्फत लिइने तयारी गरिएको छ।
ओलीलाई शनिबार बिहान भक्तपुर, गुन्डुस्थित निवासबाट पक्राउ गरिएको थियो । यस घटनापछि एमाले नेताहरू बैठकमा विशेष छलफल गरिरहेका छन्।