Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखियो

ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखियो

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

बालेन शाह नेतृत्वको सरकारले ओली र लेखकलाई आज बिहान निवासबाटै पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएको हो ।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।

प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली पक्राउ परेका हुन्।

पत्रमा भनिएको छ, ‘तपाईंलाई ज्यान सम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ।’

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077