Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन आएनन् ओली ?

प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन आएनन् ओली ?

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को शपथ समारोहमा पाँच जना पूर्वप्रधानमन्त्रीहरू सहभागी भए पनि केपी ओली भने अनुपस्थित भए । 

राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् ।

अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएनन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा रहेका छन् ।

ओलीलाई नै पराजित गरेर बालेन सांसद बनेका थिए । एकातिर आफूलाई पराजित गरेको व्यक्ति प्रधानमन्त्री बनेको त अर्कोतिर बुबाको देहान्तपछि पितृशोकमा रहेका कारण पनि ओली अनुपस्थित भएको हुनसक्ने आँकलन गरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077