Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्काल प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

तत्काल प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले व्यङ्ग्य गर्दै प्रधानमन्त्री बालेन शाहको तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्। 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै नेता आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको विषयमा बाल्दै यस्तो माग गरेका हुन् । 

नेता आङ्देम्बेले संसद्‌मा बोल्दै भने- 'आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु अस्वभाविक हो। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ।'

प्रधानमन्त्रीको  यस्तो  गैर-जिम्मेवार व्यवहारले जनताको मन कुँडिएको, देशको शिर झुकेको र संसद्को गरिमामा दाग लागेको अनुभूति भएको बताए। बजेट अधिवेशनको सन्दर्भमा बोल्दै उनले सरकारले संसद्लाई पर्याप्त महत्त्व नदिएको टिप्पणी गरे। 

आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे  ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भन्दै व्यंग्य गरे ।

आङ्देम्बेले भने- 'यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिऊँ कि दुःख व्यक्त गरौं, सभामुख महोदय ?'

उनले संसद्को मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई खोसेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि लगाए । 

आङ्देम्बेले भने, ‘आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर डेढ सयभन्दा बढी कानुन अध्यादेशमार्फत ल्याउनु संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमाथिको प्रहार हो। यस्तो प्रवृत्तिले सिर्जना गर्ने दूरगामी असर भयावह हुन सक्छ, जसलाई हाम्रो पार्टीले समर्थन गर्न सक्दैन ।’

उनले सरकार ‘फेसबुक’ मा मात्रै भेटिने तर संसद् र जनतासँगको संवादमा हराएको टिप्पणी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077