काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
त्यसअघि राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेनलाई शपथग्रहण गराएका थिए ।
बालेन नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जसमा पाँच जना महिला मन्त्रीहरु छन् ।
नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुले आजै सिंहदरबारमा पदभारग्रहण गर्ने कार्यक्रम रहेको छ ।