Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहको शपथ समारोह सुरु

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहको शपथ समारोह सुरु

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को शपथ ग्रहण समारोह सुरु भएको छ । 

राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सुरु भएको हो । 

केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।

शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077