काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा खड्कराज पौडेल (गणेश पौडेल) को नाम पर्यटनमन्त्रीका फाइनल भएको छ ।
उनी कास्की–१ बाट निर्वाचित सांसद हुन् ।
बालेन हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् ।
यस्तै अर्थमन्त्रीमा डा. स्वर्णीम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, उर्जामा विराजभक्त श्रेष्ठ, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा गणेश पौडेल, सामान्य प्रशासनमा प्रतिभा रावल, उद्योग तथा वाणिज्यमा अमरेश सिंह, सञ्चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना मन्त्री बन्ने सूचीमा छन्।