Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठमेलबाट बंगलादेशी नागरिक पक्राउ, क्रिप्टो कारोबारमा संलग्नता पुष्टि

ठमेलबाट बंगलादेशी नागरिक पक्राउ, क्रिप्टो कारोबारमा संलग्नता पुष्टि

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक बंगलादेशी नागरिकलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा बंगलादेशको पवना घर भएका मोहम्मद शेहबुल स्लाम रहेका छन्। उनी केही समयदेखि ठमेल क्षेत्रमा बस्दै आएका थिए।

प्रहरीका अनुसार संकास्पद गतिविधिका आधारमा गरिएको निगरानी र अनुसन्धानपछि स्लाम क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेको पुष्टि भएको हो। उनलाई ठमेलस्थित छाँया सेन्टर नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउका क्रममा उनको साथबाट विभिन्न मोबाइलमा सुरक्षित गरिएको ३० लाख ४९ हजार ७३६ रुपैयाँ ९३ पैसा बराबरको रकम फेला परेको छ। साथै नगद ६० हजार रुपैयाँ, एनसेल र एनटीसीका ९ थान सिमकार्ड, २ थान मोबाइल, विभिन्न बैंकका ७ वटा एटीएम कार्ड र ३३ थान चेकबुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनालाई गम्भीर आर्थिक अपराधका रूपमा लिँदै थप अनुसन्धान अघि बढाएको छ। स्लाममाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २६२ (क) अन्तर्गत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077