Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ

६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ

मंगलवार , चैत्र १०, २०८२

रुपन्देही । रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ परेका छन् ।

जिल्लाको शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा सोहि ठाउँकै १५ वर्षीय किशोर पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो।

घटनाबारे भोलिपल्ट बिहान मात्रै स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौराबाट प्रहरी निरीक्षक प्रलाद केसीको कमान्डमा टोली घटनास्थल पुगेको थियो । मुचुल्का उठाएर अनुसन्धान अघि बढाइएको थियो ।

प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका किशोर लागुऔषध सेवनकर्ता रहेको खुलेको छ । उनले प्रारम्भिक बयानमा लागुऔषध सेवनका लागि पैसा आवश्यक परेकाले चोरी गर्ने उद्देश्यले गएको र विवाद भएपछि आवेगमा हत्या गरेको स्वीकारेका छन्। घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन् ।

जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077