Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सरकार गठन अघि पर्यटन सचिवको धन्दा, नियुक्तिदेखि भुक्तानीमा चलखेल

नयाँ सरकार गठन अघि पर्यटन सचिवको धन्दा, नियुक्तिदेखि भुक्तानीमा चलखेल

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । भ्रष्टाचारको विरोधमा भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार नै ढल्यो । 

त्यसपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरायो । र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले करिव दुई तिहाइ बहुमत ल्याएर केही दिन भित्रमा सरकार बनाउँदैछ ।

तर, सरकारी निकायमा हुने गरेको वेथिति र भ्रष्टाचार भने जस्ताको त्यस्तै छ । अब आउने सरकारले के गर्छ त्यो भने हेर्न बाँकी छ । अहिलेको उपलब्धीलाई नै चुनौती दिने गरी पर्यटन मन्त्रालयका सचिवले नातावाद, कृपावाद र अनियमिततामा छलाङ नै मारेका छन् ।

पर्यटन मन्त्रालयको सचिव रहेका मुकुन्द निरौला नेपाल नागरिक उड्यन प्राधिकरणको महानिर्देशक नियुक्तीदेखि ठेकेदारहरुको भुक्तानीमा समेत मुछिएका छन् । 

प्राधिकरणमा हाल कायममुकायम प्रमुख रहेका देवचन्द्रलाल कर्णलाई नै नियुक्त गर्न भन्दै निर्वाचन आयोगले चुनाव अघि नै सहमति दिएको थियो । 

तर, सचिव निरौलाले आफ्नै नातेदार जगन्नाथ निरौलालाई महानिर्देशक बनाउन प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठसँग आर्थिक चलेखेल गरी सेटिङ गरेको बालुवाटार स्रोत बताउँछ । 

प्राधिकरणको १२औं तहमा अहिले प्रतापबाबु तिवारी रहेका छन् । त्यसपछि प्रेमनाथ ठाकुर, देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे र जगन्नाथ निरौला रहेका छन् । 

तर, सचिव निरौलाले बरियता मिचेर अन्तिममा रहेका निरौलालाई नियुक्ति गराउन मरिमेटेर लागेपछि यो कुरा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसामु पुगिसकेको छ । 

त्यसो त, पोखरा विमानस्थलमा भएको १८ अर्ब घोटाला प्रकरणका नाइके पूर्वमहानिर्देशक प्रदिप अधिकारीका अति निकट पात्र समेत हुन्, जगन्नाथ निरौला । 

आफूलाई नेपाली कांग्रेस निकट बताउने अन्तिम बरियताका कर्मचारी निरौलालाई प्रदिप अधिकारीकै सिफारिसमा १२ औँ तहको उपनिर्देशक विमानस्थलको प्रमुख हुने व्यवस्था लत्याएर नियुक्ती गरिएको थियो ।

विमानस्थलको प्रमुख हुँदा १७ करोड बराबरको सफ्टवेर खरिद गर्दा निरौलाले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा विचाराधिन छ । अख्तियारमा बयान दिइरहेका निरौलालाई नियुक्त गरेर नागरिक उड्यन प्राधिकरणमा प्रदिप अधिकारीकै जस्तो ठूला घोटाला गराएर कमाउने दाउमा सचिव निरौला रहेका छन् ।

त्यस्तै सचिव निरौलाको ध्यान नयाँ सरकार गठन अघि नै ठेकेदारहरुको भुक्तानीतर्फ लागेको छ । नेपाली कम्युनिस्ट पार्टीका सांसद समेत रहेका धनबहादुर बुढालाई कमिशनको लोभमा भुक्तानी दिन सचिव निरौलाले दबाव दिएको खुलेको छ ।

निर्वाचनको ७ दिन अघि मात्रै लुम्बिनी विकास कोषको ढुंगा छाप्ने लगायतको ठेक्का पाएको बुढाको कम्पनी बुद्ध हिमाली निर्माण सेवालाई १० प्रतिशत कमिशनको लोभमा भुक्तानी दिन निरौलाले दबाव दिएको स्रोतले बताएको छ ।

बजेट रकमान्तर गरेर भए पनि करोडौं रकम भुक्तानी गर्न निरौला सक्रिय रहेको मन्त्रालयका एक अधिकारी बताउँछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077