Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानसेनापति सिग्देलसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

प्रधानसेनापति सिग्देलसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

सोमवार , चैत्र २, २०८२

काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन्।

सेनापति सिग्देल र अमेरिकी लेफ्टिनेन्ट जनरलले सोमबार सैनिक मुख्यालय जंगीअड्डामै पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको स्रोतले जनाएको छ ।

पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो।

लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल-अमेरिकाबीचको सम्बन्ध प्रगाढ हुनाका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ। 

साथै भोवेल सहितको टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ।

उक्त टोली भोलि मंगलबार थाइल्याण्डतर्फ जाने भएको बताइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077