Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन  दिएका छन् । 

महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा उनले नेपाली सेनाका सकल दर्जालाई यस्तो निर्देशन दिएका हुन्।

सकल दर्जालाई शुभकामनासहित सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाले विभिन्न क्षेत्रमा निर्वाह गर्दै आएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पुरा गर्ने क्रममा निर्वाचनलाई मर्यादित र सुरक्षित बनाउनुपर्नेमा जोड दिए।

उनले नेपालको गौरवमय गाथा, परम्परा र संस्कृतिबारे नयाँ पुस्तालाई बुझाउन सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन समेत निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सैनिक दिवसकै अवसरमा आयोजित फरक कार्यक्रममा उनले कर्तव्य पालनाका क्रममा प्राण उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। त्यसैगरी, छाउनीस्थित वीर स्मारकमा वीरगति प्राप्त सैनिकका परिवारलाई भेटेर सम्मान समेत व्यक्त गरे।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077