काठमाडौं । प्रधान सेनापतिले नेलाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका दुईजनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ।
सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।
