एजेन्सी । इरानको रिभोलुसनरी गार्डसले यदि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू जीवित रहेको भए उनलाई लखेटेर मार्ने धम्की दिएको छ ।
इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधी भनेको हो ।
‘सिपाह न्यूज’मा लेखिएको छ,'यदि, यो बालबालिका मार्ने अपराधी जीवित छ भने, हामी पूर्ण शक्तिका साथ उसको पिछा गर्नेछौँ र उसलाई मार्नेछौँ ।'
युद्धका बीच दुवै पक्षबाट एक–अर्कालाई मार्ने धम्की दिइएको बेला यो धम्की आएको समाचार संस्था एएफपीले जनाएको छ ।
केही समयअघि नेतन्याहूले पनि इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईलाई मार्ने धम्की दिएका थिए ।