Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानसँग वार्ता असफल भए पुनः आक्रमण गर्ने अमेरिकी धम्की

इरानसँग वार्ता असफल भए पुनः आक्रमण गर्ने अमेरिकी धम्की

आइतवार , जेठ १७, २०८३

एजेन्सी । अमेरिकाले इरानसँग जारी कूटनीतिक वार्ता असफल भएमा फेरि सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएको छ।

शनिबार सिंगापुरमा आयोजित एक शिखर सम्मेलनमा बोल्दै अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँग भइरहेको वार्ता निष्कर्षमा नपुगे सैन्य विकल्प फेरि सक्रिय हुन सक्ने संकेत गरेका हुन् ।

उनका अनुसार हाल जारी वार्ताले प्रस्तावित सम्झौताको रूप लिएको भए पनि यदि प्रगति रोकियो भने अमेरिका पछिल्ला सैन्य कदम दोहोर्याउन तयार रहनेछ।

प्रस्तावित सम्झौताले अप्रिलमा भएको अस्थायी युद्धविरामलाई थप ६० दिन विस्तार गर्दै दीर्घकालीन शान्तिको मार्ग खोल्ने उद्देश्य राखेको बताइएको छ।

यसैबीच, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा इरानसँगको सम्झौताबारे अन्तिम निर्णय गरिने बताएका थिए। तर दुई घण्टाको छलफलपछि सो प्रस्ताव स्थगित गरिएको जनाइएको छ।

इरानले भने हालसम्म कुनै औपचारिक समयसीमा स्वीकार गरेको छैन । इरानी प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिकामाथि अविश्वास व्यक्त गर्दै कुनै ठोस कदम नचालेसम्म इरानले पनि अग्रसरता नलिने स्पष्ट पारे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077