Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ मिसाइलद्वारा अमेरिकी लडाकू विमान खसालेको अमेरिकाको दाबी

चिनियाँ मिसाइलद्वारा अमेरिकी लडाकू विमान खसालेको अमेरिकाको दाबी

सोमवार , जेठ १८, २०८३

एजेन्सी । पश्चिम एसियामा जारी तनावका बीच गत महिना इरानको दक्षिण–पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकू विमान सम्भवतः चीनमा निर्मित मिसाइलबाट निशाना बनाइएको दाबी सार्वजनिक भएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूको यो रिपोर्टपछि अमेरिका, चीन र इरानबीचको सम्बन्धमा नयाँ बहस सुरु भएको छ । यद्यपि, चीनले यी आरोपहरूलाई अस्वीकार गर्दै यसलाई आधारहीन रूपमा बदनाम गर्ने प्रयास भनेको छ ।

एनबीसी न्युजका अनुसार, अमेरिकी एफ–१५ई स्ट्राइक इगल विमानलाई काँधमा राखेर प्रहार गरिने मिसाइलद्वारा खसालिएको थियो । 

अमेरिकी अधिकारीहरूका अनुसार विगत केही दशकयता पहिलोपटक शत्रुपक्षको गोलाबारीका कारण अमेरिकी लडाकू विमान खसेको हो । 

विमानमा सवार दुवै अमेरिकी सैनिक सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए । पाइलटको सात घण्टाभित्र उद्धार गरिएको थियो । अर्का अधिकारीलाई दुई दिनपछि पहाडी क्षेत्रबाट सुरक्षित रूपमा निकालिएको थियो ।

अमेरिकी स्रोतहरूको दाबीअनुसार इरानले सम्भवतः चीनमा निर्मित मिसाइल प्रयोग गरेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077