एजेन्सी । मध्यपूर्वको संवेदनशील समुद्री मार्ग होर्मुज स्ट्रेटमा इरान र अमेरिकाबीच नयाँ तनाव देखिएको छ।
इरानी समाचार एजेन्सी फार्सका अनुसार इरानले अमेरिकी नौसेनाका जहाजलाई लक्षित गर्दै दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
उक्त आक्रमणपछि अमेरिकी जहाज क्षतिग्रस्त भई पछि हट्न बाध्य भएको पनि रिपोर्टमा उल्लेख गरिएको छ।
फार्सको दाबीअनुसार अमेरिकी जहाजले इरानी नौसेनाको चेतावनी बेवास्ता गर्दै होर्मुज स्ट्रेट पार गर्न खोजेपछि आक्रमण गरिएको हो।
तर, अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भने उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। सेन्टकमले सामाजिक सञ्जालमार्फत आफ्नो कुनै पनि जहाजमाथि आक्रमण नभएको स्पष्ट पारेको छ।
अमेरिकाले ‘स्वतन्त्र आवागमन’ सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सैन्य उपस्थिती सो क्षेत्रमा जारी रहेको बताउँदै होर्मुजमा नियमित सञ्चालन भइरहेको जनाएको छ।