Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होर्मुजबाट जहाज पार गराउन इरानलाई पैसा नदिन अमेरिकाको चेतावनी

होर्मुजबाट जहाज पार गराउन इरानलाई पैसा नदिन अमेरिकाको चेतावनी

आइतवार , बैशाख २०, २०८३

एजेन्सी । अमेरिकाले रणनीतिक होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने जहाजहरूलाई इरानलाई कुनै पनि प्रकारको भुक्तानी नगर्न कडा चेतावनी दिएको छ ।

अमेरिकी ट्रेजरी अन्तर्गतको अफिस अफ फरेन एसेट्स कन्ट्रोलले मे १ मा जारी गरेको अलर्टमा इरानलाई गरिने भुक्तानी गैरकानुनी ठहरिन सक्ने उल्लेख गर्दै त्यस्तो कार्यमा संलग्न कम्पनीहरू अमेरिकी प्रतिबन्धको सिधा निशानामा पर्ने चेतावनी दिएको हो ।

विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने यो महत्वपूर्ण समुद्री मार्गमा नियन्त्रणलाई लिएर अमेरिका–इरानबीच तनाव चर्किँदै गएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायल ले इरानमाथि आक्रमण गरेपछि तेहरानले होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमाथि दबाब बढाएको बताइएको छ। त्यसपछि इरानले केही जहाजलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिँदै शुल्क असुल्न थालेको थियो।

अमेरिकाले यही शुल्कलाई लक्षित गर्दै स्पष्ट सन्देश दिएको छ—इरानलाई गरिने कुनै पनि भुक्तानी, चाहे नगद, क्रिप्टोकरेन्सी, अनौपचारिक विनिमय प्रणाली वा सामानरदानकै रूपमा किन नहोस्, सबै प्रतिबन्धको दायरामा पर्न सक्छन्।

यसैबीच युएस सेन्ट्रल कमान्ड का अनुसार अमेरिकाले अप्रिल १३ देखि आफ्नै नौसैनिक नाकाबन्दी सुरु गरिसकेको छ, जसअन्तर्गत हालसम्म ४५ व्यावसायिक जहाज फिर्ता पठाइएको दाबी गरिएको छ।

अमेरिकाको रणनीति इरानको मुख्य आम्दानी स्रोत तेल निर्यातमा दबाब सिर्जना गर्नु रहेको विश्लेषण गरिएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले पठाएको पछिल्लो वार्ता प्रस्ताव पनि अस्वीकार गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077