काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसद चयन गरेको छ।
शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसदको टुंगो लगाएको हो ।
बैठकले क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
निर्णयअनुसार आदिवासी जनजाति क्लस्टरतर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) रहेका छन् ।
खस आर्य क्लस्टरतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र तथा अपाङ्गता र महिला क्लस्टर०) समावेश छन् ।
त्यस्तै थारुतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी रहेका छन्। मधेसी क्लस्टरतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) चयन भएका छन् भने मुस्लिम क्लस्टरतर्फ साजिदा सिद्धिकी परेकी छन् ।