Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन परिणाम एमालेका लागि सुखद भएन, समीक्षा गर्दैछौँ : शंकर पोखरेल

निर्वाचन परिणाम एमालेका लागि सुखद भएन, समीक्षा गर्दैछौँ : शंकर पोखरेल

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । नेकपा एमालेले भर्खरै सम्पन्न आम निर्वाचन–२०८२ को परिणाम आफ्नो पार्टीका लागि अपेक्षाअनुसार सुखद नभएको स्वीकार गरेको छ ।

पार्टीका महासचिव शंकर पोखरेल ले बिहीबार सामाजिक सञ्जालमार्फत प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको नतिजाबारे समीक्षा प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनका अनुसार क्षेत्रगत अध्ययन पूरा भएपछि निर्वाचनको समग्र समीक्षा गर्ने तयारी गरिएको छ।

खराब नतिजापछि पार्टीभित्र अन्तरविरोध बढाउने प्रयास भइरहेकोतर्फ संकेत गर्दै महासचिव पोखरेलले नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन् ।

केही सञ्चारमाध्यमले नेताहरूको नाम जोडेर ‘मिडिया ट्रायल’ चलाइरहेको दाबी गर्दै उनले त्यसप्रति भ्रमित नहुन पार्टी पंक्तिलाई आग्रह गरे ।

पोखरेलले विगतमा पनि पार्टीले विभिन्न संकट र चुनौतीको दृढतापूर्वक सामना गर्दै अघि बढेको स्मरण गराउँदै अहिलेको परिस्थितिलाई पनि पार गर्दै एमाले अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।

साथै उनले नेता तथा कार्यकर्तालाई जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्न विशेष जोड दिन निर्देशन दिएका छन् । एकताबद्ध भएर काम गरेमा पार्टीले आगामी दिनमा सफलता हासिल गर्ने उनले बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077