Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता बासुदेव घिमिरेको पार्टी नेतृत्वप्रति व्यंग्य-  सबै ठिक छ महाराज !

एमाले नेता बासुदेव घिमिरेको पार्टी नेतृत्वप्रति व्यंग्य-  सबै ठिक छ महाराज !

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । नेकपा एमालेका नेता बासुदेव घिमिरेले पार्टी नेतृत्वप्रति व्यंग्य गरेका छन्

निर्वाचनमा लजास्पद हार व्यहारेको एमालेका विषयमा पार्टीभित्र समीक्षा आवश्यक रहेको भन्दै केही नेताहरुले बोलि रहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले सबै ठिकठाक चलिरहेको भन्ने अभिव्यक्ति दिएपछि घिमिरेले नेतृत्वप्रति ‘सबै ठीक छ महाराज’ भन्दै व्यंग्य गरेका हुन् । 

'पञ्चायत ढल्दै थियो, तर पञ्चहरुको रटान उही– सबै ठीक छ महाराज !,' सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

स्टाटस लेख्दै उनले व्यवस्था ढलिरहँदा पनि पञ्चहरुले राजालाई सबै ठीक छ भन्ने सूचना दिने गरेको उल्लेख गरेका छन् । 

तिलोत्तमा नगरपालिकाका पूर्व मेयर र ०७९ मा रुपन्देही–५ बाट निर्वाचित सांसद समेत रहेका घिमिरेले निर्वाचन अघि नै एमाले छाड्ने मनस्थितिमा थिए । तर उपाध्यक्ष विष्णु पौडेल लगायतले रोकेका थिए । 

त्यसपछि उनलाई रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनाएको थियो । तर घिमिरेले रास्वपाका उम्मेदवारसँग नराम्रो पराजय बेहोरेर जमानत समेत जोगाउन सकेनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077