एजेन्सी । इरानमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ठाउँमा उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको दाबी गरिएको छ ।
यद्यपि यसबारे पूर्णरूपमा अझै सार्वजनिक नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिका र इजरायलले गएको हप्ता इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता खामेनी मारिएका थिए । त्यसपछि इरानले मध्यपूर्वभरि अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरिरहेको छ ।
अमेरिकी सेनाको मध्यपूर्व कमान्डका अनुसार इरानको प्रारम्भिक आक्रमणमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या ७ पुगेको छ । युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पनि देखिन थालेको छ ।