Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रौतहट–१ : रास्वपाका चौधरी प्रथम हुँदा माधवकुमार नेपाल पाँचौ स्थानमा

रौतहट–१ : रास्वपाका चौधरी प्रथम हुँदा माधवकुमार नेपाल पाँचौ स्थानमा

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । रौतहटको निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्।

हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पाँचौ स्थानमा रहेका छ्न् ।

गरुडा १ जयनगरको मतगणना हुँदा चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ र नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झाले ३१२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ र नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले २२० मत प्राप्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077