Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाद्वारा काठमाडौं उपत्यकामा 'जनसम्पर्क तथा घण्टी अभिवादन' अभियान सुरु

रास्वपाद्वारा काठमाडौं उपत्यकामा 'जनसम्पर्क तथा घण्टी अभिवादन' अभियान सुरु

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभियान’ सुरु गरेको छ।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पार्टीले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको  हो।

कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ। आज बिहान पशुपतिनाथबाट सुरु भएको अभियानउपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालयमा समापन हुने रास्वपाले जनाएको छ।

आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्‍यालीसहित अभियान सञ्चालन गरिएको छ।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत अन्य नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077