Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई दमौलीमा देखाइयो कालो झण्डा, सातजना पक्राउ

रविलाई दमौलीमा देखाइयो कालो झण्डा, सातजना पक्राउ

शुक्रवार , फाल्गुण १५, २०८२

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दमौलीमा उज्यालो नेपाल पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका छन् ।

चितवनमा सभा सकेर दमौलीको कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेलाई मुख्य चोक क्षेत्रमा भेला भएका उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले कालो झण्डा प्रदर्शन गरेका हुन् ।

निर्वाचन आचारसंहिता विपरीत प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीका अनुसार घटनाबारे प्रमुख जिल्ला अधिकारीसहित छलफल भइरहेको छ।

प्रदर्शनकारीहरूले नियन्त्रणमा लिइएका आफ्ना समर्थकलाई तत्काल रिहा गर्न माग गर्दै पृथ्वीराजमार्गमै धर्ना दिएका छन् ।

केहीले सडकमै बसेर तथा सुतेर विरोध जनाएका छन् भने माइकिङ गर्दै नाराबाजीसमेत गरेका छन्। प्रदर्शनका क्रममा प्रहरी र कार्यकर्ताबीच भनाभनसमेत भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077