Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन लक्षित गर्दै आयल निगमले बढायो एलपी ग्यासको आयात, एकै दिन १३८ बुलेट भित्रियो

निर्वाचन लक्षित गर्दै आयल निगमले बढायो एलपी ग्यासको आयात, एकै दिन १३८ बुलेट भित्रियो

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै खाना पकाउने (एलपी) ग्यासको आयात बढाएको छ। 

निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राखी देशव्यापी वितरण प्रणालीलाई सुदृढ बनाउने कदम चालिएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन मार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास लोड भई मंगलबार नेपालतर्फ पठाइएको जानकारी दिएका छन्।

भट्टले समाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार मंगलबार एकै दिन १३८ बुलेट ग्यास लोड भएका छन्। 

यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हुन आउँछ। बरौनी र मथुरामा ३६(३६, दुर्गापुरमा २४, पारादिपमा ४० र हल्दियामा २ क्वटा बुलेटमा ग्यास  नेपालका लागि पठाइएको हो।  

निर्वाचनको अवधिमा पनि ग्यासको आपूर्ति यसरी नै नियमित हुने भन्दै उपभोक्तालाई ढुक्क रहन भट्टले आग्रह गरे।
उनले आपूर्ति प्रणालीलाई सहज राख्न निगम सतर्क रहेको र निर्वाचनको समयमा पनि उपभोक्ताले सामान्य रूपमा ग्यास प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

साथै बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन निगमले भण्डारण र वितरण प्रणालीलाई चुस्त राखेको उनले बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077