सुनसरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा राजनीतिक संस्कार र शैली बदलिनु आवश्यक रहेको बताएका छन् ।
उपसभापति शर्माले मंगलबार सुनसरीको झुम्कामा क्षेत्र नं. २ का मतदाता समक्ष आयोजित आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, 'देश दुखेको बेला गाली होइन, प्रेम र सद्भाव कसरी सिर्जना गर्न सकिन्छ ?'
उनले चुनावलाई विचार र व्यक्तित्वको महायज्ञको रुपमा लिने वातावरण बनाउनुपर्नेमा जोड दिँदै गाली–गलौज गर्ने परम्परा रोक्नुपर्ने बताए। उनले कांग्रेसमा ‘उडन्ते सपना’ नबाढ्ने, यथार्थपरक वाचा गर्ने शैली अपनाउनुपर्ने पनि स्पष्ट पारे।
उपसभापति शर्माले आफ्नै संबोधनमा प्रेम सम्प्रेषण गर्ने प्रयास गरेका भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायत अन्य नेताहरूले सम्बोधनमा अरुलाई गाली गर्ने शैली अपनाएको उदाहरण दिँदै मतदातालाई मूल्यांकन गर्न आग्रह गरे।
उनले कांग्रेसका उम्मेदवारहरूले क्षेत्र नं. २ सुनसरीमा पाँच वर्षभित्र जे गर्न सकिन्छ, त्यही मात्र वाचा गर्ने शैली अपनाएको बताए ।