Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको झण्डा दहन प्रकरण : रास्वपा दाङलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

एमालेको झण्डा दहन प्रकरण : रास्वपा दाङलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । निर्वाचन आयोग नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई स्पष्टीकरण सोधेको छ ।

तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरूले नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरेको आरोप लागेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाएको हो ।

कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगको आधिकारिक इमेल ठेगानामा स्पष्टीकरण पठाउन भनिएको छ ।

आयोगले तुलसीपुर घटनामा के–कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन, तथा एमाले अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077