Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका युवाले जलाए बालेनको पुत्ला

एमालेका युवाले जलाए बालेनको पुत्ला

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेकपा एमाले निकट युवा–विद्यार्थीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरेका छन् ।

दाङमा रास्वपाको कार्यक्रमका क्रममा एमालेको झण्डा जलाइएको घटनाको विरोधमा शुक्रबार राजधानीको प्रदर्शनीमार्गमा उनीहरूले पुत्ला जलाउँदै राँके जुलुस निकालेका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले झण्डा जलाउनेमाथि अबिलम्ब कारबाही गर्नुपर्ने माग राखेका थिए। यसअघि दाङमा भएको झण्डा दहन प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई झण्डा जलाएको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रदर्शनका कारण केहीबेर प्रदर्शनीमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077