सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।
थिति बसाल्ने सङ्कल्प’ नारासहित बिहीबार सर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइएको छ।
बाचापत्रमार्फत रास्वपाले सार्वजनिक सेवा लिन जनताले लाइन बस्नुपर्ने बाध्यता हटाई ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने, सरकारी कार्यालयमा बिचौलियाको अन्त्य गर्ने र राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवाको आधार बनाउने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा वि.सं. २०४६ सालयता सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारका फाइलहरू खोल्ने कठोर नीति लिइने उल्लेख छ।
साथै, पार्टीले कुनै पनि प्रकारका भातृ सङ्गठन नखोल्ने र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेको छ।रास्वपाले आफ्नो वाचा पत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसहितले सार्वजनिक गरेको वाचापत्रमा मध्यम वर्गलाई महत्व दिइएको छ ।
यसअघि नेपाली कांग्रेसले बुधबार जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो ।