Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको चुनावी अभियान तीव्र, सुर्खेत सभाबाट वाचापत्र सार्वजनिक हुँदै

रास्वपाको चुनावी अभियान तीव्र, सुर्खेत सभाबाट वाचापत्र सार्वजनिक हुँदै

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा ‘परिवर्तन उद्घोषसभा’ आयोजना गर्दैछ । पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसारलाई तीव्र बनाएको हो ।

सुर्खेतको घण्टाघर चोकमा दिउँसो १२ बजेदेखि सुरु हुने सभामा रास्वपा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

पार्टीका अनुसार यही सभामार्फत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरिनेछ ।

सभापति लामिछानेको सचिवालयले वाचापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई चुनावी अभियानको महत्वपूर्ण चरणको रूपमा लिइएको जानकारी दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077