Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपालाई अर्को झट्का, गत निर्वाचनकी प्रत्यक्ष उम्मेदवार उर्मिलाले पनि छाडिन् पार्टी

रास्वपालाई अर्को झट्का, गत निर्वाचनकी प्रत्यक्ष उम्मेदवार उर्मिलाले पनि छाडिन् पार्टी

बुधवार , फाल्गुण ६, २०८२

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला) ले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

गत निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी भुर्तेलले मंगलबार सामाजिक सञ्जालमा लेख्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी आफूले पार्टी परित्याग गरेको  घोषणा गरेकी हुन्  । 

उनले युवाहरुलाई प्राथमिकता दिनेदेखि जान्नेलाई छान्ने नीति लिएको रास्वपाका गतिविधिहरुमाथि असन्तुष्टी जनाउँदै राजीनामा दिएको बताएकी छन् ।

'म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला  ११ जना उम्मेदवारमध्ये मधेस प्रदेशको एक्लो महिला उम्मेदवार । आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु। तर पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक वादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखेको छ। जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु,' राजीनामा पत्रमा उनले लेखेकी छिन् ।

साथै आफूहरु पार्टीमा निरन्तर खटिएको, क्षमता भएका नेताहरुको मूल्यांकन नगरिएको साथै आर्थिक अनियमिततामा पार्टी लिप्त भएको आरोप समेत उनले लगाएकी छन् ।

भुर्तेल गत निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार बनेकी थिइन् । गत निर्वाचनमा रास्वपाले देशभर ११ जना महिला उम्मेदवार उठाएकोमा मधेशका ३२ वटा क्षेत्रमध्ये भुर्तेल एक्ली उम्मेदवार थिइन् ।

आजै मात्र मधेश प्रदेशकी रास्वपा संस्थापक सभापति ममता शर्माले आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी छन् ।

शर्मा पार्टीबाट राजीनामा दिए लगत्तै बुधबार जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममाकांग्रेस प्रवेश गर्ने भएकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077