Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा रास्वपाको वृहत् जनसभा आज, रवि–बालेन एउटै मञ्चमा

धनगढीमा रास्वपाको वृहत् जनसभा आज, रवि–बालेन एउटै मञ्चमा

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कैलालीको धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गर्दैछ । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको उपस्थितिमा उद्घोष सभा हुन लागेको हो ।

धनगढी उपमहानगरपालिकास्थित पशुपति टोल (महोत्सव स्थल) मा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ।  सभापति र वरिष्ठ नेताको जनसम्बोधनसहित कार्यक्रम राखिएको हो । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार छन् भने बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार रहेका छन्।

यसअघि रास्वपाले माघ ५ गते धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो। 

धनगढीको कार्यक्रममा सहभागी हुन रवि लामिछाने कञ्चनपुरबाट धनगढी आउँदैछन् भने बालेन काठमाडौँबाट धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077