काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सरकारी ठगीसम्बन्धी मुद्दाको तारिख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् ।
मंगलबार चितवनबाट लामिछाने सिधै काठमाडौं जिल्ला अदालत पुगेर तारिख बुझेका हुन् ।
सरकारी गठी प्रकरणमा धरौटीमा रिहा भएका रविमाथि विभिन्न अदालतमा मुद्दा विचाराधिन रहेको छ ।
स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।
उक्त मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार पार्टीका केही नेता कार्यकर्तासहित पुगे छन् ।
चितवन क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवार समेत रहेका लामिछाने चुनाव प्रचारप्रसार सँगसँगै आफ्नो मुद्दाको तारिख समेत बुझिरहेका छन् ।