Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुमवासीका समस्या समाधान गर्छौँ : रवि लामिछाने

सुकुमवासीका समस्या समाधान गर्छौँ : रवि लामिछाने

सोमवार , फाल्गुण ४, २०८२

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने दाबी गरेका छन्।

सोमबार चितवनको आँपटारीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै लामिछानेले अब पार्टीको नेतृत्वमा स्थायी सरकार गठन भएपछि भूमिहीन र सुकुमवासी समस्याको दीर्घकालीन समाधानको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भने- 'लामो समयदेखि राजनीतिक रूपमा मात्र प्रयोग हुँदै आएको भूमिहीन र सुकुमवासी समस्यालाई सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने कोसिस गरेँ‚ तर सकिनँ ।'

उनले यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पूरा गर्न नसकिएको बताए।

उनले आयोगमा कुनै पनि दलको प्रतिनिधित्व नराखी स्वतन्त्र विशेषज्ञहरूलाई समावेश गराएर सरकारले नीति, कानूनी र प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित व्यवस्थापन सुनिश्चित गर्ने स्पष्ट पारे।

साथै लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077